Web Content Viewer (JSR 286)

शीर्षकहरू

भिसा तथा सरकारी दस्तावेज

भिसा तथा सरकारी दस्तावेज

कतारले संसारभरीका मानिसहरूलाई आफूकहाँ बस्न र काम गर्नका लागि स्वागत गर्छ, कहिलेकाहिं अस्थायीरूपमा पनि यो सुविधा दिन्छ।  नयाँ आउने प्रवासी कामदारहरू आफूसँग निश्चित प्रायोजकत्व र नियोक्ताद्वारा आधिकारिक मान्यता दिएपछि मात्रै कतारमा अवतरण गर्छन्। यहाँका निवासी, प्रायोजक र नागरिकहरूले कानुनन राष्ट्रका नियम र निर्देशहरू मान्नुपर्छ । कतारको अस्थायी जनसङ्ख्यामाथि नजर राख्न र सबैको सुरक्षा सुनिश्चित पार्नका लागि भिसा र रेसिडेन्ट पर्मिटको एउटा व्यापक प्रणाली खडा गरिएको छ।

आन्तरिक(गृह) मन्त्रालय(एमओआई) आप्रवासन, कानुन व्यवस्था बहाली र राष्ट्रिय सुरक्षा सम्हाल्नका लागि जिम्मेवार छ। प्रवासी कामदारहरूका थुप्रै व्यक्तिगत दस्तावेज सेवाको व्यवस्था सम्बन्धित नियोक्ताले नै गर्छन्।

यस खण्डमा हुकुमीले यहाँलाई आफ्नो मुलुकबाट कुनैखाले सहायता चाहिएमा विदेशी दूतावाससँग सम्पर्क गर्ने विषयमा जानकारी उपलब्ध गराउँछ।